ताप्लेजुङ। ताप्लेजुङको सदरमुकामस्थित फुङ्लिङ नगरपालिकामा एक घरमा आगलागी भएको छ । शनिवार बिहानै फुङ्लिङ–५ उकाली पानी टोलमा एक घरमा आगलागी भएको हो ।
आगलागीबाट स्थानीय लालबहादुर गुरुङको ढुङ्गा, माटो र जस्तापाताको प्रयोग गरिएको मतान घर जलेर नष्ट भएको छ । सो आगलागीबाट घरभित्र भएको खाद्यान्न, भाँडा वर्तन, लत्ता कपडा लगायतका सम्पूर्ण सामग्री जलेर नष्ट भएको स्थानीयले बताएका छन् ।
बिहान करिब ७ः४५ बजेतिर घरमा अचानक आगलागी भएको र सँगै रहेको अर्को घर भने तत्काल स्थानीय बासी जुटेर बचाउन सफल भएको बताइएको छ ।