काठमाडौं। म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत आयोजनामा ढुंगा, गिट्टी र बालुवा लगायतका निर्माण सामाग्री उत्खनन्मा समस्या भएको छ। निर्माण सामाग्री उत्खननमा समस्या भएपछि यतिबेला आयोजनाको काम प्रभावित बनेको छ।
शनिबार ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेत र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उक्तक आयोजनाको निरीक्षण समेत गरेका छन्। निरीक्षणका क्रममा निर्माण कम्पनीले निर्माण सामाग्रीको अभावका कारण काम प्रभावित भएको जनाएको छ। निर्माण सामाग्रीको अभाव हटेमा आगामी १५ महिनाभित्र काम सक्ने कम्पनीले प्रतिबद्धता समेत जनाएको छ।
मन्त्री बस्नेतले निर्माण कम्पनीलाई निर्धारित समयमा निर्माण सम्पन्न गर्न निर्देशन समेत दिए ।आयोजनाको समग्र भौतिक प्रगति हालसम्म ६५ प्रतिशत छ । बाँध, मुख्य सुरुङ, विद्युत्गृहलगायतका संरचनाहरुको निर्माण भइरहेको छ ।