काठमाडौं। नेपाल एलपि ग्यास उद्योग संघले एलपि ग्यासको मूल्य बढी लिएर बिक्री गरेको पाएमा कारबाही गर्ने चेतावनी दिएको छ। नेपाल आयाल निगमले कायम गरेको भन्दा बढी मूल्य लिई ग्यासको बिक्री वितरण गरिएको भेटिएमा कारबाही गर्ने संघले चेतावनी दिएको हो।
कायम गरिएको मूल्य भन्दा बढी लिई ग्यास बिक्री गर्नु गैरकानूनी हुने भएकोले यस्तो काम गर्नेलाई कारबाही गर्ने संघले जनाएको छ।
निगमले सबै क्षेत्रको लागि प्रतिसिलिण्डर १८९५ रुपैयाँ मूल्य निर्धारण गरेको छ । हाल बजारमा नेपाल सरकार तथा निगमले निर्धारण गरेको उपभोक्ता मूल्य अनुसार बिक्री नभई बढी मूल्य लिई बिक्री गरेको जनगुनासो आएपछि संघले यस्तो विज्ञप्ति जारी गरेको हो।
कानून विपरित गैर कानूनी तवरबाट ग्यास बिक्री गरेको पाइएमा तत्काल जानकारी गराउन संघले आग्रह समेत गरेको छ ।