काठमाडौं। ४२.५ मेगावाटको सान्जेन खोला जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । सान्जेन जलविद्युत् कम्पनी लिमिटेडले रसुवामा निर्माण गरिरहेको उक्त जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको हो।
कम्पनीले २०७० सालदेखी निर्माण सुरु गरेको आयोजनाको काम अन्तिम चरणमा पुगेको छ। अहिले आयोजनाको अन्तिम चरणको छुटफुट काम भइरहेको आयोजनाले जनाएको छ। आयोजनाको सबै काम पूरा गरेर फागुन अन्तिम सातादेखि परीक्षण सुरु गर्ने लक्ष्य रहेको बताइएको छ ।
आयोजनाको बाँकी काम ३ महिनाभित्र पूरा गरी अन्य संरचनाको पनि परीक्षण सुरु गर्ने योजनाअनुरुप काम भइरहेको आयोजनाले बताएको छ। आयोजनाको काम पूरा भएपछि उत्पादित विद्युत् २ किलोमिटर लामो दुरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको चिलिमे हब सबस्टेसनमा जोडिने छ।