काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। शनिबार राती १ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएर नयाँ मूल्य तय गरेको हो।
निगमले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३–३ रुपैयाँ मूल्य घटाएको जनाएको छ ।
नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १६७, डिजेल र मट्टितेल १५७ रुपियाँ पर्नेछ।
