बाँके। बाँके जिल्लामा सोलारबाट २० मेगावाट विद्युत् उत्पादन गरिएको छ । खजुरा गाउँपालिकाको घिया र रनियापुर गाउँमा निर्माण गरिएका दुई सोलार विद्युत् आयोजनाबाट २० मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।
गोल्यान समूहको लगानी रहेको प्योर इनर्जी लिमिटेड अन्तर्गत निर्माण गरिएको सोलार विद्युत् परियोजनाले २० मेगावाट विद्युत् उत्पादनका ब्लक १ र ब्लक २ गरी दुई आयोजना निर्माण सुरु गरिएकोमा ब्लक २ गत चैतमै सम्पन्न भई १० मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएको थियो भने ब्लक १ को १० मेगावाट अहिले उत्पादन गरेर राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।
हाल रनियापुरमा निर्माण सम्पन्न भएको परियोजनाको र उत्पादन कार्य पहिलो पटक नेपाली कम्पनी नेक्सस इन्जिनियरिङ कन्सल्टेन्सी एन्ड कन्स्ट्रक्सन प्राइभेट लिमिटेडले गरेको हो । सो कम्पनी प्योर इनर्जी लिमिटेड अन्तर्गतको नेपाली निर्माण कम्पनी हो ।