काठमाडौं। १२० मेगावाटको जगदुल्ला–ए जलविद्युत आयोजनाको अध्ययन अबको ६ महिनामा सकिने भएको छ। असारसम्म विस्तृत अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन (इआईए) प्रतिवेदन तयार पार्ने गरि काम भइरहेको छ।
आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) को ड्राफ्ट तयार भइसकेको जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले जनाएको छ। अहिले जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडले उक्त प्रतिवेदन अध्ययन गरिरहेको छ भने इआईएको समेत प्रक्रिया सुरु भएको छ।
कम्पनीमा इआरयमसीरश्रेष्ठ कन्सल्टेण्टरग्रीड जेभीले परामर्शदाताका रुपमा काम गरिरहेका छन्। कम्पनीले आइतबार क्षेत्र निर्धारण सम्बन्धी सार्वजनिक सूचनासमेत प्रकाशन गरिसकेको छ।
कम्पनीले क्षेत्र निर्धारण गर्ने क्रममा प्रभावित क्षेत्रमा भौतिक, जैविक, सामाजिक, सांस्कृति र आर्थिक प्रणालीमा के कस्तो असर पर्दछ भनि त्यस क्षेत्रका स्थानीय तह,विद्यालय, अस्पताल, स्वास्थ्य चौकी तथा सरोकारवाला व्यक्तिहरुलाई ७ दिनभित्र लिखित राय/सुझाव पेस गर्न आग्रह पनि गरेको छ।