काठमाडौं। तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–३ अन्तर्गत प्रसारण लाइन निर्माणको काम भइरहेको छ । ६ महिनापछि प्रसारण लाइन निर्माणको काम भईरहेको हो।
वन क्षेत्रको नीतिगत समस्याका कारण प्रसारण लाइनको निर्माण कार्य विगत ६ महिनादेखि ठप्प हुन पुगेको थियो । अहिले समस्या समाधान गरी प्रसारण लाइन निर्माण कार्य पुनः सुचारु गरिएको आयाृजनाले बताएको छ। प्याकेज–३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुर सबस्टेसनसम्म २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण भइरहेको छ ।
प्रसारण लाइन निर्माणको काम भारतको केइसी इन्टरनेसनल लिमिटेडले गरिरहेको छ । यो कम्पनीसँग २०७५ पुस १० प्रसारण लाइन निर्माण गर्न ठेक्का सम्झौता भएको थियो । कूल ३४.७ किलोमिटर प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये ७० वटा टावरको जग हालिएको छ । ३४ वटा टावर खडा गरिसकिएको छ।