काठमाडौं। पुवा खोला वान हाइड्रो पावर कम्पनीले २१ मेगावाटको आयु मलुन खोला जलविद्युत् आयोजनाको निर्माण गर्ने भएको छ। ओखलढुंगा जिल्लामा पहिचान भएको आयोजनाको निर्माण प्रक्रिया अघि बढाउन लागेको हो ।
जिल्लाको वडा नम्बर ५, ६ र ७ भई बग्ने खोलामा आयोजनाको काम अघि बढाउने तयारी गरिएको कम्पनीले जनाएको छ । कम्पनीले पुस २९ गते हुने साधारणसभामा आयोजनाको निर्माण कार्य सुरु गर्न आवश्यक रकम, प्रमोटर सेयर, सेयर निष्कासन सम्बन्धी विविध कार्य गर्न अख्तियारीनामा प्रदान गर्नेछ ।
यसैगरी, जग्गा अधिग्रहण, निर्माण कम्पनी छनोट तथा अन्य सरकारी र गैरसरकारी निकायमा गई आवश्यक कामकारबाही गर्नका लागि सञ्चालक समितिलाई अख्तियारीनामा प्रदान गर्ने कम्पनीले जनाएको छ । आयोजनाको सबै काम पूरा गरेर २०८१ साउनभित्र उत्पादन सुरु गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ । आयोजनाबाट वार्षिक ११२.५८७ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।