काठमाडौं। २१ मेगावाटको आयु मलुन खोला जलविद्युत् आयोजनाको निर्माण गर्ने भएको छ। पुवा खोला वान हाइड्रो पावर कम्पनीले उक्त आयोजनाको निर्माण कार्य प्रक्रिया अगाडी बढाउने तयारी गरिरहेको हो।
कम्पनीले प्रदेश नम्बर १ को ओखलढुंगा जिल्लामा पहिचान भएको आयोजनाको निर्माण प्रक्रिया अघि बढाउन लागेको हो । जिल्लाको वडा नम्बर ५, ६ र ७ भई बग्ने खोलामा आयोजनाको काम अघि बढाउने तयारी गरिएको कम्पनीले जनाएको छ । कम्पनीले पुस २९ गते हुने साधारणसभामा आयोजनाको निर्माण कार्य सुरु गर्न आवश्यक रकम, प्रमोटर सेयर, सेयर निष्कासन सम्बन्धी विविध कार्य गर्न अख्तियारीनामा प्रदान गर्नेछ ।
आयोजनाको वाँध र हेडरेस पाइप मलुन खोलाको बायाँ र बाँकी सम्पूर्ण संरचना दाँया किनारमा रहने गरी डिजाइन तयार पारिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार खोलामा बाँध बाँधि ५७७ मिटर स्टिल पाइप, १८७६ मिटर हेडरेस पाइप र १६२० मिटर पेनस्टक पाइपमार्फत पानीलाई विद्युत्गृहमा पुर्यानेछ ।