काठमाडौं। ६ महिनादेखि रोकिएको तनहुँ आयोजनाको प्रसारण लाइनको काम पुनःसुचारु भएको छ। तनहुँ जिल्लामा निर्माण भइरहेको १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको बिजुली प्रवाह हुने प्रसारण लाइन निर्माण पुनःसुचारु भएको हो ।
वन क्षेत्रको नीतिगत समस्याका लागि ६ महिनादेखि काम रोकिएको थियो। अहिले समस्या समाधान गरी प्रसारण लाइन निर्माण कार्य पुनः सुचारु गरिएको छ ।
लाइन निर्माणको काम भारतको केइसी इन्टरनेसनल लिमिटेडले गरिरहेको छ । यो कम्पनीसँग २०७५ पुस १० प्रसारण लाइन निर्माण गर्न ठेक्का सम्झौता भएको थियो । कूल ३४.७ किलोमिटर प्रसारण लाइनमा पर्ने ९४ वटा टावरमध्ये ७० वटा टावरको जग हालिएको छ । ३४ वटा टावर खडा भइसकेको छ ।