काठमाडौं। तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ । आयोजनाको एक हजार ४५६ मिटर लम्बाइको मुख्य सुरुङ खन्ने काम सम्पन्न हुन लागेको हो।
सुरुङको २१० मिटर मात्रै खन्न बाँकी छ । सुरुङ खन्ने र बाँध निर्माणका लागि दायाँबायाँ जग खन्ने कार्यलाई तीव्रता दिइएको आयोजनाले जनाएको छ। आयोजनाको समग्रमा भौतिक प्रगति ४८ प्रतिशत पुगेको छ भने हालसम्म आयोजनाको आर्थिक प्रगति ४२ प्रतिशत पुगेको छ ।
कम्पनीको पूँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत ५० करोड ५० लाख अमेरिकी डलर रहेको छ ।