काठमाडौं। टक्सार पिखुवाखोला हाइड्रोपावर लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा नविन सिलवाल नियुक्त भएका छन् । कम्पनीले सिलवाललाई पुष १ गतेदेखि लागु हुने गरी सिइओमा नियुक्त गरेको हो।
यस आयोजनाको सुरुवातदेखि नै सिलवाल कम्पनीमा आवद्ध थिए । कम्पनीमा सिलवालले सुरुमा वित्त प्रमुख भएर काम गरेका थिए ।
कम्पनीले अहिले सेयर निष्कासन प्रक्रिया अघि बढाएको छ । सेयर निष्कासनको लागि नेपाल धितोपत्र बोर्डको स्वीकृतको पर्खाइमा रहेको कम्पनीले जनाएको छ । कम्पनीले करिब साढे ४७ लाख कित्ता साधारण सेयर निष्कासन अनुमतिका लागि बोर्डमा आवेदन दिइसकेको छ । कम्पनीले अनुसार बोर्डबाट स्वीकृत प्राप्त हुने लगतै सेयर निष्कासन गरिनेछ ।
कम्पनीले भोजपुरमा ८ मेगावाटको टक्सार पिखुवा खोला जलविद्युत् आयोजना सम्पन्न गरी २०७७ चैतदेखि निरन्तर रुपमा विद्युत उत्पादन गरिरहेको छ ।