काठमाडौं। म्याग्दीमा विद्युतीकरण विस्तारका लागि निर्माण गरिएको ३३/११ केभी मिलनचोक–रातोढुङ्गा प्रसारण लाइनको परीक्षण सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको यो लाइनको परीक्षण बिहीबारबाट सुरु गरिएको हो ।
पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकदेखि म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने २२ किलोमिटर लामो प्रसारण लाइन चार्ज गरी रातोढुङ्गामा निर्माण भएको ३३/११ केभी सबस्टेसन पनि परीक्षण गरिएको प्राधिकरणले जनाएको छ।
लाइन मिलन चोक सबस्टेसन हुँदै बेनी बजार, चुत्रेणी सिंगा,तातोपानी, सिमलचौर, बाबियाबजार हुँदै रातोढुङ्गा सबस्टेसन पुग्नेछ ।