काठमाडौं। काठमाडौं–तराई द्रुत मार्ग निर्माण आयोजनाका प्रमुख परिवर्तन गरिएको छ । नेपाली सेनाको जंगी अड्डाले सोमबार सहायक रथी विकास पोखरेललाई फास्ट ट्रयाक आयोजना प्रमुख बनाएको हो।
सेनाले कमलविक्रम शाहको स्थानमा पोखरेललाई जिम्मेवारी दिएको हो। पोखरेलले यसअघि पनि फास्ट ट्रयाक आयोजना प्रमुखका रुपमा काम गरिसकेका छन्।
फास्ट ट्रयाकको निर्माणको जिम्मेवारी नेपाली सेनाले २०७४ मा पाएको थियो। त्यसअनुसार सेनाले अहिले निर्माणको कामलाई अघि बढाइरहेको छ।