लमजुङ। लमजुङ जिल्लाको बेंसीसहर नगरपालिका–१ दलालस्थित ७० मेगावाट क्षमताको मध्य–मर्स्याङ्दी जलविद्युत् आयोजनाबाट ४० मेगावाट मात्र विद्युत उत्पादन भइरहेको छ। मर्स्याङ्दीमा आयोजनालाई आवश्यक पानी नहुँदा मध्य–मर्स्याङ्दी आयोजनाको विद्युत उत्पादन ३० मेटावाट घटेको हो।
आयोजनाका प्रमुख पवन बस्नेतले गत मङ्सिरको शुरुआतदेखि नै विद्युत् उत्पादन घट्न थालेको बताए । उनका अनुसार आगामी फागुनसम्म नै बिजुली उत्पादन घट्दै जाने देखिन्छ।
मध्य–मर्स्याङ्दी आयोजना सन् २००८ मा निर्माण सम्पन्न भएको हो । उक्त आयोजना रु २७ अर्ब २० करोडको लागतमा निर्माण सम्पन्न भएको हो ।