सुनसरी । नेपालकै ठुलो सप्तकोसी नदीमा पाँच किलोमिटर लामो झोलुङ्गे पुल बन्ने भएको छ । सुनसरीको वराहक्षेत्र वडा नम्बर ६ को ठाकुरवारिबाट श्रीलङ्का टप्पु जोडिने झोलुङ्गे पुलको निमार्ण हुने भएको हो ।
सङ्घीय सरकारको ठुला झोलुङ्गे पुल निमार्ण विभाग अन्र्तगत सप्तकोसीमा साढे पाँच किलोमिटरको झोलुङ्गे पुल बन्ने भएको हो । सप्तकोसी नदीमै पहिलो पटक यति लामो झोलुङ्गे पुल निमार्णको लागि डिपिआरको काम अन्तिम चरणमा पुगेको छ ।
झोलुङ्गे पुल सर्भेको लागि ऋषीकेश सर्बिस प्राइभेट लिमिटेड काठमाडौँले डिपिआरको ठेक्का पारेर काम अन्तिम चरणमा पुगेको छ। डिपिआरको डिजाइन सकिए लगत्तै कन्स्ट्रक्सनको ठेक्का लाग्ने बताइएको छ ।
टप्पु क्षेत्र उर्वर बलौटे, दोमट माटो भएकाले तरकारी र अन्न उत्पादनको लागि राम्रो मानिँदै आएको छ । पुल वनेपछि टप्पु बासीको दैनिक जीवनमा सहजता हुने छ । टप्पु बासीले उत्पादन गरेका कृषि उपजहरू बजार लान सहज हुने छ । पुलको निमार्ण पछि आन्तरिक पर्यटकहरू घुम्न आउने हुँदा स्थानीयहरूको आयस्रोतमा समेत टेवा पुग्ने बताइएको छ ।