काठमाडौं। १० मेगावाट क्षमताको झापा इनर्जीले ऊर्जा उत्पादन सुरु गरेको छ । शिवसताक्षी–४ मा रहेको परियोजनाबाट मंगलबारदेखि उत्पादन सुरु भएको हो।
उत्पादित उर्जालाई परीक्षणका लागि नेपाल विद्युत प्राविधिकरणको बुलोचोक शवस्टेशनमा जडान गरिएको कम्पनीले जनाएको छ।
बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाई, कम्पनीका प्रबन्ध निर्देशक सुवास भट्टराई, विद्युत व्यापार विभागका तर्फबाट ई.सिताराम सिग्देल, विद्युत प्राधिकरणका कोशी प्रदेश कार्यालयका ई. साजन महर्जन, आसुहाङ राई, विद्युत प्राधिकरण दमकका ई. हरि तिवारी, परियोजनाका क्न्ट्याक्टर कुवेरमणी नेपाल, ई.अभिषेक पराजुलीको उपस्थितिमा सवस्टेसनमा जडान गरिएको हो ।
१५ दिनसम्म परीक्षणकालीन उत्पादन हुने र त्यसपछि निरन्तर उत्पादन भइरहने बताइएको छ
२१ विघा जमिनमा ८१ करोडको लगानीमा चार वर्षअघि परियोजनाको निर्माण सुरु भएको थियो ।
माछापुच्छ्रे र सिभिल बैंकको ७५ प्रतिशत वित्तीय साझेदारी रहेको परियोजनामा २५ प्रतिशत पब्लिक सेयरबाट लागत रकम जुटाइएको हो।