काठमाडौं। बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर लिमिटेडको प्रबन्ध निर्देशकमा कृष्णप्रसाद आचार्य नियुक्त भएका छन्। ४ गते बसेको कम्पनीको साधारणसभाले आचार्यलाई प्रबन्ध निर्देशक बनाउने निर्णय गरेको हो।
करिब एक वर्षदेखि रिक्त रहेको उक्त पद आचार्यले शुक्रबारदेखि सम्हालेका छन्।
गत वर्षको पुस ४ गते तत्कालीन प्रबन्ध निर्देशक दीपक रौनियारको कार्यकाल सकिएपछि सो पद रिक्त भएको थियो। उनै रौनियारलाई पुस तेस्रो साता पुनस् प्रबन्ध निर्देशकको जिम्मेवारी दिने निर्णय कर्मचारी संचयकोषले गर्यो। तर उनी बेतन कर्णाली फर्किन चाहेनन्। उल्टो सञ्चय कोषको जागिरबाटै राजीनामा दिएर हिडे। निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी आयोजना प्रमुख उपेन्द्र न्यौपानेले सम्हाल्दै आएका थिए।
यो कम्पनीले ४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजना निर्माण अघि बढाउन लागेको छ।