काठमाडौं। कास्कीको माछापुच्छ्रे गाउँपालिका र पोखरा महानगरपालिकामा निर्माण हुने १३ मेगावाटको माथिल्लो सेती–१ जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) सम्पन्न भएको छ । श्रेष्ठ इनर्जी सोलुसन्स् प्रालि र नेपाल विद्युत् प्राधिकरणबीच बिजुली किन्ने सम्झौता भएको हो ।
सम्झौतापत्रमा प्राधिकरणका तर्फबाट उप–कार्यकारी निर्देशक प्रदिपकुमार थिके र कम्पनीका तर्फबाट प्रवन्ध निर्देशक श्रेष्ठले हस्ताक्षर गरे । सम्झौता अनुसार प्राधिकरणले आयोजनाबाट उत्पादन भएको विद्युत् हिउँदमा प्रतिमेगावाट ८.४० रुपैयाँ र बर्खामा ४.८० रुपैयाँमा खरिद गर्नेछ ।
आयोजना सम्पन्न गर्न २ अर्ब ७८ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा ७० प्रतिशत ऋण लगानी र ३० प्रतिशत स्वपुँजी लगानी हुनेछ ।
रन अफ रिभर प्रकारको आयोजनाको डिजाइन बहाव १५ घनमिटर प्रतिसेकेन्ड र कुल हेड ११७.१५ मिटर हुने अध्ययनले देखाएको छ । आयोजनाबाट वार्षिक सरदर ८२.६२ गिागावाट घन्टा विद्युत् उत्पादन हुनेछ ।