काठमाडौं। काठमाडौं महानगरपालिकाले विद्यालय अगाडिका ३६ स्थानमा अन डिमान्ड पेडेष्ट्रियन क्रसिङ (पेलिकन) सडान गर्ने भएको छ। महानगरले २६ वटा सामुदायिक विद्यालय र १० वटा निजी विद्यालय गरि ३६ स्थानमा सडक पार गर्नका लागि सहज गराउने पेलिकन प्रणाली जडान गर्ने भएको हो।
यस वर्ष ३६ वटा विद्यालयमा राख्ने तयारी भए पनि आगामी दिनमा आवश्यकताअनुसार जोखिम हेरेर अन्य विद्यालयमा पनि यस किसिमको व्यवस्था गर्ने बताइएको छ।
मुख्य सडकसँग जोडिएका सबै विद्यालयमा यस किसिमको प्रणाली जडान गरिनेछ महानगरले जनाएको छ। यस कार्यक्रमका लागि महानगरले चालु आर्थिक वर्षमा दुई करोड बजेट विनियोजन समेत गरेको बताइएको छ।
यस प्रणाली जेब्रा क्रसतिर हरियो र सवारी गुड्नेतर्फको सडकमा रातो बत्ती बालेर पैदल यात्रीले सडक पार गर्न सहज गराउँदछ। विद्यालय आउने र जाने समयमा दुर्घटनाको जोखिम बढेको हुनाले यस किसिमको प्रणाली जडान गर्न लागेको हो।