काठमाडौं। मोदी–कुश्मा १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माण सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले प्रतिस्पर्धाबाट छनोट भएको कस्मिक इलेक्ट्रिकल लिमिटेडलाई आयोजना निर्माणको जिम्मा दिएको हो।
आयोजना प्रमुख रोशन अग्रवालको उपस्थितिमा आयोजनाको शुभारम्म गरिएको छ। प्राधिकरणको सहजीकरणमा लागत र समयभित्रै प्रसारण लाइन तथा एक्टेन्सन आयोजनाको निर्माण पूरा गर्ने निर्माण कम्पनीले जनाएको छ ।
सर्वसाधारणलाई गुणस्तरीय विद्युत् प्रवाह गर्ने प्राधिकरणको लक्ष्यमा यो आयोजनाले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने आयोजनाको विश्वास छ। आयोजना प्रमुख अग्रवालले आवश्यक सहजीकरण गरी समयभित्रै निर्माण पूरा गर्न पहल गर्नेमा कम्पनी विश्वस्त रहेको बताएका छन्। उनले स्थानीयवासी तथा अन्य सरोकारवाला पक्षको उतिकै सहयोग र समन्वयको खाँचो रहेको समेत बताए।
रहेको बताइएको छ । आयोजना निर्माणपछि त्यस क्षेत्रमा दिगो, भरपर्दो र नियमित विद्युत् आपूर्ति हुने अपेक्षा गरिएको छ । साथै, समुदायको सामाजिक तथा आर्थिक विकासमा समेत यसले विशेष भूमिका खेल्ने विश्वास गरिएको छ ।