काठमाडौं। ४२ मेगावाटको अप्पर मोदी ‘ए’ जलविद्युत आयोजनामा एनएमबि बैंक लिमिटेड र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले लगाने गर्ने भएका छन्।
आयोजनामा एनएमबि बैंकले ४ अर्ब ४० करोड रुपैयाँ लगानी गर्दैछ भने एचआईडीसीएलले ३ अर्ब रुपैयाँ लगानी गर्नेछ।
आयोजनामा करिब १० अर्ब रुपैयाँ रहेको छ। नेपाल विद्युत प्राधिकरण, मोदी जलविद्युत कम्पनी, एनएमबि बैंक र एचआइडीसीएलबीच सोमबार सम्झौता गर्ने तयारी भएको छ।
प्रस्तावित जलविद्युत आयोजना काँस्कीको अन्नपूर्ण गाउँपालिकामा पर्छ। यो नदी प्रवाहमा आधारित प्रकृतिको आयोजना हो। आयोजनाको मुख्य सुरुङमार्ग ५।९५ किलोमिटरको हुनेछ।
आयोजनाको घान्द्रुक नजिकैको स्याउली बजारमा विद्युत गृह रहनेछ। उत्पादित विद्युतलाई करिब साढे ११ किमी प्रसारणलाइन निर्माण गरेर नेपाल विद्युत प्राधिकरणको न्यू मोदी सबस्टेसनमा जोडिनेछ।