मकवानपुर। मकवानपुरको बकैया गाउँपालिकाको हात्तिसुरेमा ३३र११ केभीको छतिवन सबस्टेसन निर्माण सम्पन्न भएको छ। हेटौडा क्षेत्रमा विद्युत् आपूर्ति सुधार गर्नका लागि निर्माण थालिएको सबस्टेसन र लाइन चार्ज भएको हो ।
हेटौडाको पूर्वि क्षेत्रमा विद्युत् आपूर्ति सुधार तथा दीर्घकालीन र भरपर्दो विद्युत् वितरण गर्न निर्माण गरिएको २५ किलोमिटर लामो ३३ केभी वितरण लाइन र सबस्टेसन चार्ज गरिएको आयोजनाले जनाएको छ।
निर्माण सुरु भएको ५ वर्षपछि लाइन र सबस्टेसन निर्माण पूरा गरी मंगलबारदेखि चार्ज भएको हो।लाइन तथा सबस्टेसन निर्माणको काम ठेकदार त्रिपुरेश्वर जयदुर्गे देवीले गरेको हो ।
सबस्टेसन चार्ज भएपछि बागमति गाउँपालिकाको सबै र बकैया गाउँपालिकाको करिब ९० प्रतिशत क्षेत्रमा भरपर्दो र दीर्घकालीन विद्युत् आपूर्ति हुने हेटौडा वितरण केन्द्रले जनाएको छ ।