काठमाडौं। नेपाल र भारतको उत्तर प्रदेश जोड्ने १३२ केभी मैनहिया–सम्पत्तिया सीमापार प्रसारण लाइनको आज उद्घाटन हुने भएको छ। मैनहिया–सम्पत्तिया सीमापार प्रसारण लाइनको आज नेपाल र भारतका परराष्ट्रमन्त्री स्तरीय टोलीले उद्घाटन गर्ने भएको हो।
उद्घाटन कार्यक्रमामा नेपालका तर्फबाट परराष्ट्र मन्त्री नारायणप्रसाद साउदको टोली सहभागी हुने बताइएको छ।
रुपन्देहीको सियारी गाउँपालिका नजिकै मैनहिया सबस्टेसनदेखि भारत उत्तर प्रदेश राज्यको सम्पत्तिया न्यू नौतनवा सबस्टेसनसम्म जोड्ने लाइनको निर्माण पूरा गरी सञ्चालनमा आएको हो।
२८.५ किलोमिटर लामो आयोजनामा ९५ वटा टावर निर्माण गरिएको छ ।यो प्रसारण लाइनबाट २०० मेगावाट विद्युत् प्रवाह हुनेछ । अहिले उत्तर प्रदेशसँग ३३ केभीको मात्र प्रसारण संरचना रहेकोले अन्तरदेशीय विद्युत् व्यापारलाई अझ सहज बनाउन १३२ केभी लाइन निर्माण गरिएको हो ।
करिब ८० लाख अमेरिकी डलर अनुमानित लागत रहेको आयोजनामा नेपाल सरकारको लगानी छ ।