काठमाडौं। जाजरकोट भूकम्पले क्षति पुर्याएको संरचना पुनःनिर्माण गर्न भारतले १० अर्ब सहयोग गर्ने भएको छ । काठमाडौंमा आयोजित नेपाल–भारत संयुक्त आयोगको बैठकमा भारतले भूकम्पबाट भत्किएको संरचना पुनःनिर्माणका लागि १० अर्ब सहयोग गर्ने विषयमा सहमति भएको हो ।
बिहीबारको उक्त बैठकमा चार बुँदे सम्झौता पत्रमा हस्ताक्षरसमेत भएको छ। जसमा १० वर्षमा १० हजार मेगावाट बिजुली भारतलाई निर्यात गर्ने, नेपालले बनाएको स्याटलाइट भारतको सहयोगमा प्रक्षेपण गर्नेलगायत रहेका छन् ।
बैठकमा तीन वटा १३२ केभीको अन्तरदेशीय प्रसारणलाइनको उद्घाटन भएको छ।