तनहुँ। तनहुँको देवघाट गाउँपालिका–४ का ५ गाउँमा विद्युत सेवा विस्तार गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले वितरण प्रणाली विस्तार गरी ढुङ्गाघारी, बसेनी, काफलस्वाँरा, बापस र डुडेबासपानी गाउँमा विद्युत पहुँच पुर्याएको हो ।
प्राधिकरण भरतपुर वितरण केन्द्र आँपटारी ‘सवस्टेसन’मार्फत निकालिएको फिडरबाट यी गाउँमा विद्युत् पुर्याइएको छ । वितरण प्रणाली विस्तार हुँदा यी गाउँका १३० घरधुरीमा विद्युत् पहुँच पुगेको छ।
विद्युत् वितरणका लागि मिटर र प्राविधिक सेवा भने तनहुँको आँबुखैरेनी सवस्टेसनले उपलब्ध गराएका थियो । विद्युत् प्राधिकरण आँबु उपवितरण केन्द्रका प्रमुख राजवीर यादवको उपस्थितिमा ती घरधुरीमा विद्युत् आपूर्ति सुचारु भएको छ ।