सिराहा। गोलबजार नगरपालिकाले कृषकको विद्युत महसुल तिरि दिएको छ। नगरपालिकाले कृषिमा सिँचाइको लागि लागेको पैसा तिरिदिएको हो ।
नगरपालिकाको कृषि शाखाका अनुसार स्थानीय कृषकलाई सहुलियत प्रदान गर्नको लागि पालिकाले विद्युतको महसुल तिरेको हो । नगरपालिकाको १३ वटा वडा मध्ये वडा नम्बर १ मा मिर्चैया वितरण केन्द्र र वडा नम्बर २ देखि १३ सम्म लहान वितरण केन्द्रबाट विद्युत वितरण हुँदै आएको छ ।
दुबै केन्द्रमध्ये मिर्चैयाको ७ लाख ९७ हजार ६३५ रुपैयाँ र लहानलाई ५० हजार गरी करिब साढे ८ लाख रुपैयाँ महसुल तिरेको बताइएको छ।