तनहुँ। तनहुँ जिल्लामा रहेका खेतीयोग्य जमिनमा बाह्रैमहिना सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ सिँचाइ क्षेत्रमा काम भइरहेको छ । कूल ६५ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये ५१ हजार ६ सय १४ हेक्टर जमिनमा खेती बाली हुँदै आएकोमा सिँचाइ सुविधा बढाएर खेती योग्य भूमि बढाउन लागिएको हो ।
विभिन्न सिँचाइ आयोजना सम्पन्न गरी जिल्लामा हाल ५ हजार ७ सय ७२ हेक्टर क्षेत्रफल जमिनमा बाह्रैमहिना सिँचाइ सुविधा पुर्याइएको जिल्लास्थित सिँचाइ विकास डिभिजन कार्यालयले जनाएको छ ।
खेतीयोग्य रहेका ६५ हजार बढी हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ का भइरहेको कार्यालयले जनाएको छ। गण्डकी प्रदेश र संघीय सरकारबाट विनियोजित बजेटबाट गत वर्ष एक सय ४३ मध्ये ८६ आयोजना निर्माण सम्पन्न भएका छन् ।