दैलेख। दैलेखका स्थानीय तहका ९० वडामा राष्ट्रय प्रसारण प्रणालीको विद्युत पहुँच पुगेको छ । नेपाल विद्युत प्राधिकरणले विद्युतीकरण विस्तार गरी ११ स्थानीय तहका यी वडामा विद्युत पहुँच पुर्याएको हो ।
जिल्लामा अहिलेसम्म ७० प्रतिशत विद्युतीकरण भइसकेको प्राधिकरण दैलेख वितरण केन्द्रले बताएको छ । जिल्लाका १५ हजार ८ सय घरधुरीमा विद्युत पहुँच पुगेको छ ।
पछिल्लो २ महिनामा मात्रै जिल्लाका ८ सय घरधुरीमा विद्युतीकरण विस्तार भएको पनि हो। जिल्लामा विद्युतीकरणले तीव्रता पाएसँगै दैलेखमा प्राधिकरणका ग्राहकको संख्या पनि बढेको छ।
दैलेखका ९० वडामध्ये हालसम्म ८२ वडामा विद्युतीकरणको काम सम्पन्न भएको वितरण केन्द्रले जनाएको छ ।