काठमाडौं। कर्णाली कोरिडोर (फुकोट–बेतन–दोदोधारा) डबल सर्किट प्रसारण लाइन निर्माणका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु गरिएको छ । राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले नेपाल–भारत सीमाको कर्मादेवदेखि कालिकोटको खाडाचक्रसम्म पर्ने २ सय ४० किलोमिटर लामो लाइनको जग्गा अधिग्रहणको काम सुरु गरेको हो ।
आवश्यक पर्ने जग्गाका लागि आयोजनाले आइतबार अधिग्रहणको सूचना प्रकाशित गरेको छ । आयोजना अन्तर्गत टावरप्याड निर्माण गर्न जग्गा प्राप्तिका लागि चौकुने गाउँपालिका–६ र ४ मा १५ जनाको जग्गा अधिग्रहण गर्ने भएको हो ।
जग्गाधनिहरूलाई जग्गा प्राप्ति ऐन, २०३४ को दफा ९ को प्रयोजनको सूचना जारी गर्दै ३५ दिनभित्र सरोकारवाला व्यक्तिले आफैं वा अख्तियारप्राप्त बरेसमार्फत दाबीरविरोध गर्न आफ्नो हक वा भोगचलन सम्बन्धी सबुत निस्सा तथा प्रमाणसहित निवेदन माग गरेको छ ।