भरतपुर। चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित मुग्लिन बजारमा रहेको विद्युतीय सवारी ‘चार्जिङ स्टेसन’ मर्मत नहुँदा सेवाग्राही समस्यामा परेका छन् । झण्डै दुई महिनादेखि यहाँ रहेको चार्जिङ स्टेसन बिग्रेको हो ।
सञ्चालनमा आएको एक वर्ष नबित्दै चार्जिङ स्टेसनमा ‘चार्र्ज’ गर्ने ‘नोजल’ फुट्नुका साथै स्टेसनका दुई डिसी चार्जर बिग्रेको जनाइएको छ । हाल एउटा एसी चार्जर मात्र सञ्चालनमा छ।
एसी चार्जरबाट सवारीसाधन चार्ज गर्दा ढिलो हुन्छ । एसी चार्जरबाट चार्ज गर्दा घण्टौं कुर्नुपर्ने समस्या रहेको ग्राहकहरुको भनाइ छ।
चार्जिङ स्टेसन निर्माणको जिम्मा पाएको दिगोका आयोजनाले चार्जिङ गर्ने नोजल फुटेका कारण समस्या भएको जनाएको छ।