बर्दिया। जब्दीघाटस्थित बबई पुल निर्माण तत्काल गर्नुपर्ने माग राख्दै स्थानीयले प्रदर्शन गरेका छन्। ६ वर्षअघि हस्तान्तरण नहुँदै भासिएको पुल निर्माणमा सरकारले चासो नदिएको भन्दै स्थानीयले मंगलबार गुलरियामा प्रदर्शन गरेका हुन्।
स्थानीयले मंगलबार जिल्ला समन्वय समितिको कार्यालयबाट निकालेको जुलुस नगर परिक्रमा गर्दे जिल्ला प्रशासन कार्यालयअगाडि गएर टुंगिएको थियो ।
स्थानीयले प्रदर्शनका क्रममा विभिन्न नारा समेत लगाएर। करिब एक घण्टा जिल्ला प्रशासन कार्यालयअगाडि प्रदर्शनपछि उनीहरूले प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलमार्फत राष्ट्रपति, प्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात र अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाए।
पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको पुल ०७४ साल साउन २८ गते भासिएको थियो भने ०७९ साल असोज २० गते आएको बाढीले बगाएको हो । पुल बगाएपछि उत्तर दक्षिण जोड्ने राजमार्ग अवरोध हुँदा करिब १ लाख बासिन्दा प्रभावित भएका छन् ।