काठमाडौं। गण्डकी प्रदेशको लमजुङ जिल्लामा पहिचान भएको ४.१ मेगावाटको किसेदी खोला जलविद्युत् आयोजनाको काम सम्पन्न गर्न साढे ३ वर्ष लाग्ने भएको छ । मल्टिपर्पोज कम्पनी प्रालिले निर्माण गर्न लागेको आयोजनाको काम सम्पन्न गर्न साढे तीन वर्ष लाग्ने भएको हो।
जिल्लाको दोर्दी गाउँपालिका र दुधपोखरी गाउँपालिकामा अवस्थित किसेदी खोलामा आयोजना निर्माण हुनेछ । आयोजनाको मुख्य संरचनाहरू खोदाको बायाँ किनारामा रहने गरी डिजाइन तयार पारिएको छ ।
आयोजनामा ५५६४ मिटर लामो हेडरेस पाइप निर्माण हुनेछ भने ९४७ मिटर लामो पेनस्टक पाइप निर्माण हुनेछ । हेडरेस र पेनस्टक पाइप हुँदै पानीलाई विद्युतगृहमा पुर्याइनेछ।