काठमाडौं। लिवर्टी इनर्जी लिमिटेडको ४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । लिवर्टी इनर्जीको पुस २५ गते सभा सम्पन्न भएको हो ।
सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण पारित गरेको छ । साथै, कम्पनीको चुक्ता पुँजीको ५० प्रतिशतका दरले हुन आउने ७५ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ ।
हाल यो कम्पनीले ३ वटा जलविद्युत आयोजनामा काम गरिरहेको छ । लमजुङमा निर्माण सम्पन्न गरेको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ आयोजना सञ्चालनमा छ । १.६ मेगावाटका लोदो खोला साना जलविद्युत् आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) भएको र २४.६ मेगावाटका् बडिगाड खोला जलविद्युत् खायोजनाको कनेक्सन एग्रिमेन्ट सम्पन्न भई उत्पादन अनुमतिपत्र प्राप्त गरी पिपिएको क्रममा रहेको छ।