काठमाडौं। विद्युत प्राधिकरणले लाइन काटेका उद्योगको बिजुली जडान गरिएको छ। डेडिकेटेड फिडर र ट्रंकलाइन विवादमा प्राधिकरणले काटेको लाइन शुक्रबार मध्यरातमा जडान गरिएको हो।
शुक्रबार राति १, २ बजेlतिर उद्योगहरूमा लाइन जोडिएको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ।
मन्त्रिपरिषद्ले छानबिन आयोग गठन गरी मंगलबार काटिएको लाइन तत्काल जोडिदिने निर्णय गरेको थियो । प्राधिकरणले त्यसको चार दिनपछि लाइन जोडिदिएको हो ।
विद्युत प्राधिकरणले गत ६ पुसबाट धेरै बक्यौता रहेका उद्योगमा लाइन काट्न थालेको थियो ।