काठमाडौं। ३.५ मेगावाटको सेतीखोला जलविद्युत् आयोजनाको विद्युत् उत्पादन परीक्षण सुरु भएको छ । पर्वतको पैयुँ र विहादी गाउँपालिकामा निर्माण भएको आयोजनाको विद्युत् प्रणालीमा जोडिएको हो ।
पैयुँ खोला हाइड्रो पावर कम्पनीले आयोजनाको निर्माण कार्य ५ वर्षमा सम्पन्न गरेको छ। आयोजनाले उत्पादन गरेको विद्युत ३३ केभी घाङ्ग्रे–लुंखु प्रसारण लाइन मार्फत प्रणालीमा जोडिएको छ । आयोजनाबाट गत सोमबारदेखि नै परीक्षण उत्पादन सुरु गरेको कम्पनीले जनाएको छ ।
२०७५ सालदेखि निर्माण सुरु भएको आयोजना ५ वर्षमा सकिएको हो । आयोजनाको मुहान पैंयुँ गाउँपालिका वडा नं–२ वेउलीवासको छचन्नेमा रहेको छ । छचन्नेदेखि ३ हजार ६०० मिटर लामो पाइपलाइनमार्फत घाङ्ग्रेमा रहेको विद्युत्गृहमा पानी खसालिएको छ ।