निर्माणकार्य सुरु गरेको आठ वर्ष भइसक्दा पनि हेटौंडा–ढल्केबर–इनरुवा को ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजना सम्पन्न हुन सकेको छैन। परिवर्तनको माग गर्दै प्रसारण लाइनको मार्ग निर्माणमा स्थानीयको अवरोध, ठेकेदारको कार्यसम्पादन लगाएतका विभिन्न कारणले निर्माणमा ढिला भएको हो।
दश वटा जिल्ला पार भएर जाने प्रसारण लाइन मकवानपुरको हेटौडा उपमहानगरपालीका थानाभर्याङ सबस्टेसनबाट सुरु भइ सुनसरीको भोक्राहा नरसिंह गाउँपालीका मा जोडिएर जान्छ।
स्थानीयलाई भएको अवरोधहरु खुलाई निर्माणका लागी प्राधिकरणले गरिरहेको प्रयास पनि सफल हुन सकेको छैन। उक्त प्रसारण लाईन मुलुक भित्रको विधुत् प्रसारण प्रणाली सुदृढीकरण र नेपाल भारतबीचको विधुत् व्यापारका लागी निर्माणको सुरुवात गरिएको हो। रणनितिक महत्व भएको प्रसारण लाइनको निर्माण कार्य सम्पन्न हुन नसक्दा माथिल्लो तामाकोसी जलविधुत् ४५६ मेगावाटको लाइन मात्रै छ।
२८८ किमि पहाडी, शिवालिक चुरे र तराईका क्षेत्रमा प्रसारण लाइनका लागी ७९२ वटा टावर निर्माण गर्नुपर्छ। यस मध्येबाट ६५९ टावरको जग हालिएको छ भने ६३३ खडा गरिएको छ। स्थानीय हरुको अवरोध र रुख कटानको स्वीकृतिमा ढिलाई भएको कारण बाँकी टावरको निर्माण हुन सकेको छैन।
ठेकेदार कम्पनिले सबै टावर खडा गरिसकेपछि तार तान्न सुरु गर्नेछ। निजी जग्गामा पर्ने हेटौंडा उपमहानगरका १५,१६ र १७ स्थीत हटिया क्षेत्रका बासिन्दाको अवरोधको कारण १४ टावरको निर्माण सुरु हुन सकेको छैन।