ताप्लेजुङ। फुङलिङ नगरपालिकाले बहानन्दे–दोभान सडक खण्डका चारवटा घरका पाली भत्काएको छ । निर्माणाधीन सडक विस्तारमा अवरोध भई मापदण्ड नपुगेपछि भत्काइएको हो।
सडक निर्माण भन्दा अगाडिनै बनेका घर भएकाले नगरपालिकाले क्षतिपुर्ति दिनु परेको । चारवटाका लागि २ लाख ५० हजार क्षतिपुर्ति दिने नगरपालिकाले जनाएको छ।
नगर प्रमुखको उपस्थितिमा घरधनीलाई सहमत गराएर डोजर चलाइएको नगरपालिकाले जनाएको छ।