चितवन। इच्छाकामना गाउँपालिकाको घोप्टे भीरमा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। मध्यरातमा गएको पहिरोको कारणले गर्दा सडक दुइ तर्फी नै अवरुद्ध भई आवतजावतमा समस्या भएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान बाट पहिरो हटाउन थालीएको र दिउँसोसम्ममा सडक संन्चालनमा आउने छ। सडक अवरुद्ध भएसँगै जाममा परेका सवारीसाधनको दुईतर्फ नै लामो लाइन लागेको छ। सडक खुलेपछि जाममा रोकिएका आफ्नो गन्तव्य स्थलसम्म पुने यात्रु र चालक दुवै खुसी हुनेछन्।