काठमाडौं। लुक्लामा तेन्जिङ हिलारी विममानस्थल तयार भएको छ। निर्माण सुरु भएको तीन वर्ष पछि नयाँ हेलिप्याड तयार भएको हो।
नागरिक उड्डयन प्राधिकरणका अनुसार भ्याटसहित ३२ करोड रुपैयाँमाथिको लागतमा तयार भएको नयाँ हेलिप्याडमा आवश्यक पूर्वाधार विस्तार भएपछि मात्र संचालनमा ल्याइने भएको छ।
विमानस्थल ह्याण्डओभर भएको छ। प्राधिकरणको हेड अफिसबाट उच्च पदाधिकारी आएर रिएडजस्टमेन्ट हुन बाँकी नै छ। यहाँका लागि अफिस सेटअप, सेक्युरिटीलाई आवश्यक सामाग्री, प्रतिक्षालय, नयाँ हेलिप्याडसम्मको पैदल मार्गलगायत विस्तारका लागि बजेट पास भएको छैन। यी काम रोकिएको अवस्था छ। विमानस्थल प्रमुख द्वारिका अछामीले जानकारी दिए।
अहिले उक्त विमानस्थलमा दैनिक फिक्स्ड विङतर्फ २० वटा र रोटर विङतर्फ २० वटासम्म उडान अवतरण हुँदै आएको छ। पर्यटकीय सिजन सुरु भएसँगै पछिल्लो डेढ महिनायता रोटर र फिक्स विङमार्फत दैनिक करिब पाँच सयजना आन्तरिक र बाह्य पर्यटकको आवागमन हुँदै आएको छ।
नौ हजार फिट उचाईमा रहेको लुक्ला विमानस्थलमा संचालन हुँदै आएको हेलिप्याडमा पर्यटक आउने पिक सिजनमा पार्किङको समस्या आएपछि प्राधिकरणले विमानस्थल परिसरनजिकै नयाँ हेलिप्याड निर्माण गरेर संचालनमा ल्याउन लागेको हो।