काठमाडौं। प्रभु बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको ७ लाख ५३ हजार ८९२ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् । बैंकले यो शेयरको भाउ भने तोकेको छैन ।
यसमा शेयर खरीद गर्न इच्छुक संस्थापकले (फागुन ११ गते)बाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा निवेदन पेस गर्नुपर्नेछ । उक्त समयमा संस्थापक शेयरधनीको आवेदन नपरेमा अन्य व्यक्ति वा संस्थालाई शेयर विक्री गरिने बैंकले जनाएको छ।