काठमाण्डौं। हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन बारम्बार हुने विभिन्न अवरोधको कारणले गर्दा निर्माण सुरु भएको ८ वर्ष वितिसक्दा पनि अझै सम्पन्न हुन सकेको छैन्। स्थानीयवासीको अवरोध, वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटानको स्वीकृतिको प्रक्रियागत अल्झनठेकेदारको कमजोर कार्यसमपादन आदि कुराहरुको कारणले गर्दा प्रसारण लाइन निर्माणमा ढिलाइ भएको हो। मुलुकभित्रको प्रसारण लाइनको सुदृढिकरण र नेपाल–भारत विचको विधुत ब्यापारको लागी प्रसारण लाइन बनाउन थालिएको हो।
मकवानपुरको हेटौंडा उपमहानगरपालिका थानभर्याङबाट सुरु भएर सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकासम्म जोडिने प्रसारण लाइनले १० वटा जिल्लालाई पार गर्दछ। लाइन क्षमताको अभावमा ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविधुत आयोजनाबाट उत्पादन भएको विजुलि ढल्केबर सवस्टेसनमा पुर्याउन सकिएको छैन्। त्यसैले हाल ढल्केबरको पश्चिमतर्फ १३२ केभी प्रसारण रहेको छ।
आयोजनाले ५१८ वन क्षेत्रमा रहेको रुख काट्नु पर्ने साथै ३० हेक्टर निजि जमिण पनि अधिग्रहण गर्नुपर्छ। जसले ४७५ हेक्टर निजि जग्गा, १७१ वटा घरहरु साथै अन्य संरचनालाई प्रभाव पार्ने छ। चुरे र तराई क्षेत्रमा पर्ने २ सय ८८ किलोमिटर प्रसारण लाइनको लागि ७ सय ९२ वटा टावर निर्माण गर्नुपर्नेमा ६ सय ५९ वटा टावरको जग हालिसकेको छ।रुख कटान ढिलाइ र स्थाजनीयको अवरोधको कारण बाँकी टावर निर्माण गर्न सकिएको छैन्।
प्राधिकरणले निजि जग्गामा पर्ने टावर निर्माणमा आएको स्थानीएको अवरोधलाई हटाउनको लागी नागरीक समाज, स्थानीय राजनीतिक दल, जनप्रतिनिधि र वाग्मती प्रदेशका मुख्य मन्त्रिसँग बारबार छलफल गरेको भएता पनि समस्या समाधान हुन सकेको छैन। स्थानीयले निर्माण भएको दुईवटा टावरहरु सार्न माग गर्नुका साथै सामुदायिक वनमा पर्ने टावर पनि निर्माण गर्न दिएका छैनन्।