तनहुँ। तनहुँ जिल्लाको बन्दिपुर गाउँपालिकाले सम्पन्न नभएका आयोजनाको म्याद थप गर्न निर्देशन दिएको छ। सम्झौताअनुसार समयमा काम सम्पन्न नगरेका तथा सम्पन्न गरि नसक्ने निर्माण व्यवसायीलाई समय अवधि थप गर्न निर्देशन दिएको हो।
गाउँपालिकाले नेपाल सरकारको सार्वजनिक खरिद (तेह्रौँ संशोधन) नियमावली, २०८० को नियम १२० क अनुसार आयोजनाको अवधि थपका लागि गाउँपालिकामा निवेदन पेस गर्न अनुरोध गरेको हो ।
पालिका मातहतमा ठेक्का लगाइ हालसम्म प्रचलित कानुनबमोजिम म्याद थप रही चालु रहेको र समयमा काम नसकिने देखिएका, सम्झौता अविधिभित्र सम्पन्न हुन नसकेका तथा म्याद थप हुन नसकेका निर्माण कार्यको समयावधि थप गर्न निवेदन माग गरेको हो ।