सिन्धुली। मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने सिन्धुलीमाढी ६ किलोमिटर सडक खण्ड दाँया र बाँया ३१/३१ मिटर कायम गरी सडक निर्माण गर्दा सदरमुकाममा रहेको धुराबजार, मिलनचोक, साङबाले र खट्टार बजार आदि विस्थापित हुने भएको कारणले त्यहाँको स्थानीयले विरोध गर्दा अहिले सम्म सडक निर्माण हुन सकेको छैन्।
बजार क्षेत्र जोगाउनको लागि खट्टारदेखि धुरा बजारसम्म रहेको कच्ची सडक ११ मिटर कायम गर्नको लागि माग गर्दै स्थानीयले सडक निर्माण कार्यमा विरोध गरेका हुन्। यस्तो गरेमा क्षेति कम हुने भएकोले , शहरी क्षेत्रमा बाइपास सडक निर्माण गरी बस्ती र बजार जोगाउने सहमति भएको छ। निर्माण कार्य पनि छिट्टै सुरुवात हुनेछ।
सिन्धुली, मकवानपुर, सुनसरी, उदयपुरको भित्रि उपत्यकालाई जोडने मदन भण्डारी राजमार्गको खट्टार–बागमती र सिन्धुलीमाढी–कटारी खण्डको निर्माण कार्य अन्तिम चरणमा पुगेको भएता पनि सदरमुकामको विवाद नटुङगिएको कारणले पुरानै सडक कायम हुने भएको छ।