हेटौंडा। १४ करोडको लागतमा १ सय २० मिटर लामो मकवानपुर गाउँपालिकाको लामीडाँडा र डुम्रकुना जोड्ने पुल निर्माण कार्य सुरु भएको छ। पुलको अभावको कारणले गर्दा गाउँमा उत्पादन भएको कृषिजन्य वस्तुहरु बजारसम्म पुर्याउन कठिनाइको साथै हिउँद तथा वर्षा याममा सवारी साधन आवत जावतमा पनि वर्षौदेखि स्थानीयले समस्या झेल्नु परेको थियो। पुल निर्माण भएमा सवारी साधन आउजाउ तथा पैदल यात्रुलाई यात्रा गर्नमात्र नभएर कृषिजन्य बस्तुलाई बजारसम्म पुर्याउन पनि समस्या नहुने स्थानियको भनाई छ।
डुम्रेकुना गाउँपालिकाले अस्पताल पनि निर्माण गर्दै गरेको हुनाले पुल निर्माण भएमा उक्त गाउँपालिकाको विकासमा कोसे ढुङगा सावित हुनेछ। संघिय सरकारको लगानीमा दुई वर्षभित्रमा काम सक्ने सम्झौताको साथ ठेक्का लागेको भएता पनि काम छिटो सक्ने कम्पनीको प्रतिवद्धता रहेको छ।