पोखरा। पोखराको लेकसाइडबाट ध्वनी प्रदुषण गर्ने ७ वटा बाईक प्रहरीले नियन्त्रणमा लिइएको छ । सोमबार साझँ लेकसाइड एरियाबाट पार्किङ गरेर राखिएको स्थानबाटनै नियन्त्रणमा लिइएको हो।
नियन्त्रणमा लिइएका बाइकहरुलाई आवश्यक अनुसन्धान तथा कारवाही भइरहेको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ।