काठमाडौं। दैलेख जिल्लाको महाबु गाउँपालिकामा पर्ने ३ वटा गाउँमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पहुँच पुगेको छ। नेपाल विद्युत् प्राधिकरण ३ वटा गाउँमा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत पहुँच पुर्याएको हो।
दैलेख वितरण केन्द्रले गाउँपालिकाको वडा नम्बर–५ को बडाबन र गोर्ती तथा वडा नम्बर–३ को सुवाकोट गाउँमा वितरण लाइन विस्तार गरी ३ वटा ट्रान्सफर्मर जडान गरेर विद्युत पहुँच पुर्याएको हो।
विद्युत पहुँच पुगेपछि गाउँका ३०० बढी घर झिलिमिली भएको प्राधिकरण दैलेख वितरण केन्द्रले बताएको छ।