पोखरा। पोखरामा पेट्रोल भर्ने क्रममा एक स्कुटरमा आगलागी भएको छ। पोखरा महानगरपालिका–२९ शिशुवास्थित विन्ध्यवासिनी आयल स्टोरमा पेट्रोल भर्ने क्रममा हिजो दिउँसो ग८प ८२१८ नम्बरको स्कुटरमा आगलागी भएको हो।
आगलागी हुन साथ स्थानीय र शिशुवा प्रहरी चौकीको टोलीले समयमै आगो नियन्त्रणमा लिन सफल हुँदा पम्पसहितको बस्तीलाई बचाउन सफल भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
पेट्रोल भर्ने क्रममा उक्त स्कुटर अत्याधिक तातो भएको कारण पेट्रोल भर्दा आगलागी भएको हुनसक्ने आशङ्का गरिएको र उक्त स्कुटर जलेर पूर्ण रूपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।