काठमाडौं। मध्य–तमोर जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको छ। सानिमा समूह अन्तर्गत निर्माण भएको ७३ मेगावाटको मध्य–तमोर जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको हो।
आयोजनाबाट उत्पादित विद्युत् २२० केभी कोसी कोरिडोर प्रसारण लाइनमा प्रवाह भएको छ।
विद्युत् उत्पादन भएको औपचारिक जानकारी दिन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ शुक्रबार आयोजनास्थल पुगेका थिए । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको आयोजनाबाट विद्युत् उत्पादन सुरु भए पनि उसले १५ दिन प्राधिकरणलाई निशुल्क बिजुली दिनुपर्छ । त्यसपछि मात्रै उसले व्यावसायिक उत्पादन गर्ने अनुमति पाउँछ ।